एमालेले मधेस प्रदेशमा पार्टी सदस्य दुई लाख पुर्याउने


eShilalekh

२१ जेष्ठ २०८१, सोमबार १८:०१

सिमराः नेकपा एमालेले मधेस प्रदेशमा पार्टी सदस्य दुई लाख पुर्याउने भएको छ । जनकपुरमा सोमबार आयोजित सदस्यता नविकरण तथा अनलाइन अभिलेखिकरण विषयक अन्र्तक्रियात्मक कार्यक्रममा पार्टी सदस्य दुई लाख पुर्याउने बताइएको हो ।

नेकपा एमाले केन्द्रीय संगठन विभागको आयोजना तथा मधेस प्रदेश कमिटीको व्यवस्थापनमा आयोजित कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवम् केन्द्रीय संगठन विभाग प्रमुख काशिनाथ अधिकारी, सचिव माधव ढुंगेल, अब्जल मियाँलगायतले सदस्यता नविकरण तथा अनलाइन अभिलेखिकरण विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा पोलिटव्युरो सदस्यहरु सुमनराज प्याकुरेल, लिलानाथ श्रेष्ठसहित मधेस प्रदेशका आठ वटै जिल्ला अध्यक्ष, सचिवको उपस्थिति रहेको थियो ।

मधेस प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव मनोज पौडेलले गरेका थिए । कार्यक्रममा उपसविच आरती भण्डारीले स्वागत तथा महमद कैशले धन्यवाद मन्तब्य राखेका थिए ।

मधेस प्रदेशभित्र जेष्ठ महिनाभरी पार्टी सदस्यता नविकरण र विस्तार अभियानका संचालन गर्ने विषयमा छलफल भएको र हाल कायम ६७ हजार ७० सदस्यतालाई बढाएर दुई लाख तीन हजार दुई सय आठ सदस्य पुर्याउने गरी अभियान सुरु गर्न लागिएको प्रदेश सचिव पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्