सिमरा फाउन्डेसनद्वारा औराह फूटबल क्लबका खेलाडीलाई जर्सी सहयोग


eShilalekh

२७ जेष्ठ २०८१, आईतवार ०८:५६

सिमरा: सिमरा फाउन्डेसनले औराह फूटबल क्लबका खेलाडीलाई १६ थान जर्सी सहयोग गरेको छ । जीतपुरसिमरा ४ स्थित औराहका युवा खेलाडीको हौसला बढाउन फाउन्डेसनले जर्सी सहयोग गरेको हो ।

सिमरा फाउन्डेसनका उपाध्यक्ष  सोमलाल बम्जन, सचिव त्रिलोक बिक्रम शाह, कोषाध्यक्ष समिर मगर, जीतपुरसिमरा २ का वडाध्यक्ष एवम् फाउन्डेसनका सदस्य धनबहादुर श्रेष्ठलगायतले जर्सी हस्तान्तरण गरेका थिए । कार्यक्रममा फाउन्डेसनका राजकुमार थापा, नवीन खड्का, कैलाश लामिछाने, समाजसेवी पूर्णचन्द्र तिमिल्सिना, भागवत चौधरीलगायत उपस्थित थिए ।

सामाजिक गतिविधिमा सक्रिय रहदै आएको फाउन्डेसनका सचिव शाहले युवा खेलाडी सम्मिलित टिमको उर्जा थप्न सहयोग गरिएको बताए । फाउन्डेसनले यसअघि पनि विभिन्न क्लबलाई जर्सी सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्