मधेश प्रदेशसभाको बैठकबाट आज वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिने


eShilalekh

२९ जेष्ठ २०८१, मंगलवार १२:५८

सिमराः मधेश प्रदेश सरकारले आज प्रदेशसभा बैठकमा आगामी वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम मार्फत सभालाई मंगलबार (आज) सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुतिका लागि दिउँसो २ बजे प्रदेशसभाको बैठक बोलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्