बाढी र डुबान पीडितको बस्तीमा पुगे प्रदेशसभा सदस्य चौधरी र जीतपुरसिमराका उपप्रमुख अधिकारी


eShilalekh

८ भाद्र २०८१, शनिबार २२:१०

सिमराः वर्षासंगै आएको बाढीले पुर्याएको क्षतिको निरीक्षण गर्न मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी र जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी प्रभावित क्षेत्रमा पुगेका छन् ।

काठमाडौंबाट फर्किएलगत्तै उपप्रमुख अधिकारी बाढी प्रभावित क्षेत्रमा पुगेका हुन् । यसअघि शुक्रबार बिहान बाढी आउँदा उपप्रमुख अधिकारी काठमाडौंमा थिए ।

काठमाडौंबाट फर्किएलगत्तै उपप्रमुख अधिकारीसहित प्रदेशसभा सदस्य चौधरी स्थलगत निरीक्षण गर्न बाढी प्रभावित वडामा पुगेका हुन् । प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै चौधरी र अधिकारीले स्थानीयसंग समस्याको विषयमा जानकारी लिएका थिए ।

उपप्रमुख अधिकारीले बाढी तथा डुबानबाट प्रभावित घरपरिवारलाई तत्काल राहत उलपब्ध गराउन, बाढीका कारण सडक, विद्युत, कृषी क्षेत्रमा देखिएको समस्यालाई तत्काल समाधान हुने गरी काम अघि बढाईने बताएका छन् । बाढी प्रभावित बस्तीका स्थानीयले भोग्नुपरेको पीडा र समस्या बुझ्नका लागि आफू काठमाडौंबाट फर्किएलगत्तै प्रभावित क्षेत्रमा आएको उपप्रमुखले बताएका छन् ।

यसैगरी प्रदेशसभा सदस्य चौधरीले बाढी प्रभावित क्षेत्रमा प्रदेशबाट गर्नुपर्ने सहयोगका लागि आफू तयार रहेको बताएका छन् । चौधरीले शिक्षा, स्वास्थ्य, कृषी, सडकलगायतका क्षेत्रमा भएका क्षतिलाई पुर्ननिर्माण गनुपर्ने देखिएमा आफूले सहयोग गर्ने समेत जनाएका छन् ।

सम्बन्धित समाचारः

प्रतिक्रिया दिनुहोस्