छोरी बलात्कारको अभियोगमा पुर्पक्षको लागि बुवा थुनामा


eShilalekh

१८ बैशाख २०८२, बिहीबार १६:५५

सिमराः पर्सा जिल्ला अदालतले बुधबार आफ्नी छोरीलाई बलात्कार गरेर भिडियो बनाउने बुवालाई पुर्पक्षको लागि थुनामा पठाएको छ ।

पर्सा जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलासले ती बुवालाई हाडनाता, जबरजस्ती करणी र विद्युतीय कारोबार ऐन कसुरमा पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो ।

पर्सा प्रहरी र साइबर ब्यूरो भोटाहिटी काठमाडौंको संयुक्त टोलीले चैत २२ गते छोरीलाई बलात्कार गरेको आरोपमा पर्साका ३४ वर्षीय बुवालाई पक्राउ गरेको थियो ।

उनले इन्टरनेटको प्रयोग गरी ‘गुगल ड्राइभ’मा ‘चाइल्ड सेक्सुअल एबुज मेटेरिएल्स’ राखेको जानकारी साइबर ब्यूरो काठमाडौं भोटाहिटीले प्राप्त गरेपछि शंकास्पद कागजातको आधारमा ती बुवालाई चैत २२ गते वीरगन्जबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्