रौतहटमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु


eShilalekh

२१ बैशाख २०८२, आईतवार १२:४३

सिमराः पूर्वपश्चिम राजमार्ग अन्तर्गत निजगढ–चन्द्रपुर सडकखण्डमा आइतबार बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु र छोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गरुडा नगरपालिका ३ मलाहिटोलका ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिलादेवी सहनी रहेका छन् ।

हेटौंडाबाट चन्द्रपुरतर्फ जाँदै गरेको बा६च ३५२६ नम्बरको कारले ना३प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनिहरुको मृत्यु भएको हो । दुबै जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिएका छन् ।

दुर्घटनामा घाइते बुवा सहनीको चन्द्रपुरस्थित हाईवे ट्रमा सेन्टरमा मृत्यु भएको हो । सहनीको शरिरको विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।

यसैगरी छोरी उर्मिलाको बारास्थित एलएस न्यूरो अस्पतालमा ज्यान गएको हो । उर्मिलालाई थप उपचारका लागि चन्द्रपुरबाट बारा ल्याइएको थियो ।

प्रहरीले मोटरसाइकललाई ठक्कर दिने कार र चालक कुमार पोखरेललाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्