वीरगन्जकी महिला सञ्चार उद्यमी खड्का ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर २०२५’ बाट सम्मानित

सिमराः वीरगन्जकी महिला सञ्चार उद्यमी कविता खड्का ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर २०२५’ सम्मानबाट पुरस्कृत भएकी छन् ।
काठमाडौंमा आयोजित विशेष समारोहमा खड्कालाई एकाउन्न हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो ।
खड्का वीरगन्जबाट प्रकाशित हुँदै आएको ‘मध्य नेपाल’ साप्ताहिक पत्रिकाकी सम्पादक हुन् । उनले १२ वर्षदेखि मध्य नेपाल पत्रिका तथा अनलाइन मार्फत स्थानीय मुद्दा, महिला सशक्तिकरण, विकास तथा पारदर्शी शासन प्रणालीमा केन्द्रित सामग्री सम्प्रेषण गर्दै आएकी छिन् ।
उनी महिला नेतृत्व, सञ्चार उद्यम र सामाजिक रूपान्तरणको पक्षमा आवाज उठाउने महत्वपूर्ण पात्रको रूपमा उदाउँदै आएका कारण उनलाई सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।