डिस्ट्रिक्ट टिम ट्रेनिङ सेमिनार रोटा वर्ष २०२५–२६ को पहिलो कार्यक्रम सम्पन्न

सुष्मा शर्मा
वीरगन्जः रोट्र्याक्ट जिल्ला ३२९२ ले रोटा वर्ष २०२५–२६ को औपचारिक सुरुवात वीरगन्जमा आयोजना गरेको जिल्ला टोली प्रशिक्षण गोष्ठी बाट सुरुवात गरेको छ। रोट्र्याक्ट क्लब अफ वीरगन्जको व्यवस्थापनमा र कार्यक्रम समन्वयकर्ता आयुष गुप्ताको संयोजनमा सम्पन्न उक्त गोष्ठीले नव-नियुक्त जिल्ला नेतृत्व टोलीलाई रणनीतिक योजना, टोली निर्माण तथा नेतृत्व विकासका लागि दुई दिने सत्रमा एकत्रित गरेको छ ।
कार्यक्रमको उद्घाटन औपचारिक सत्रबाट भयो, जसको अध्यक्षता डिस्ट्रिक्ट रोट्र्याक्ट रिप्रेजेन्टेटिभ दिनेश गैरेले गरेका थिए । सो अवसरमा रोटरी गभर्नर रोटेरियन बिनोद कोइराला प्रमुख अतिथि, रोटेरियन किशोर त्रिपाठी, रोटेरियन अमित गिरी, पुर्व डि. आर. आर. रो. रोशन कार्की, डि. आर. आर.इलेक्ट रो. प्रकाश शर्मा गैरे विशेष अतिथि तथा रोटरी क्लब अफ वीरगन्जका अध्यक्ष रोटेरियन निर्मल खत्री लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
गैरेले आफ्नो उद्घाटन मन्तव्यमा रोट्र्याक्ट वर्षप्रति उत्साह व्यक्त गर्दै जिल्ला टोलीको रणनीतिक दृष्टिकोण, बजेटको खाका तथा नवीन परियोजनाहरूको योजना प्रस्तुत गगरेका थिए ।
मुख्य अतिथि रोटेरियन कोइरालाले नव-निर्वाचित जिल्ला टोलीलाई शुभकामना दिँदै रोटर्याक्ट तथा रोटरीबीचको सहकार्यलाई निरन्तरता दिन आग्रह गरेका थिए । उनले यस्ता समन्वयले प्रभावकारी परिणामहरू ल्याउन सक्ने बताए ।
गोष्ठीमा नेतृत्व विकासका अन्तरक्रियात्मक सत्र, टोलीगत गतिविधि, आइसब्रेकर कार्यक्रम समावेश गरिएको थियो।