कलैयामा आधुनिक ब्लड बैंक सञ्चालन, उपराष्ट्रपतिद्वारा उद्घाटन

सिमराः बाराको कलैया उपमहानगरपालिका अन्तर्गत प्रादेशिक अस्पताल परिसरमा नवनिर्मित ‘कलैया ब्लड बैंक’ को बुधबार उद्घाटन गरिएको छ ।
छाया नेपालको सहयोग तथा कलैया उपमहानगरपालिका र कलैया प्रादेशिक अस्पतालको संयुक्त पहलमा सो ब्लड बैंक भवन निर्माण गरिएको हो । उपराष्ट्रपति रामसहाय यादवले रिबन काटेर ब्लड बैंकको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा उपराष्ट्रपति यादवले रक्तदानजस्ता मानवीय कार्य समाजका लागि अत्यावश्यक र मूल्यवान रहेको बताउनुभयो । उहाँले ब्लड बैंकको स्थापना हुँदा बारा, पर्सा, रौतहटलगायत जिल्लाका हजारौं बिरामीहरूलाई सहज रूपमा रगत आपूर्ति हुने विश्वास व्यक्त गरे ।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. अजय गुप्ताले ब्लड बैंकमा अत्याधुनिक उपकरणहरू जडान गरिएको र दक्ष जनशक्ति परिचालन गरिएको जानकारी दिए ।
समारोहमा संघीय सांसदहरू, प्रदेशसभा सदस्यहरू, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।