कोल्हवीमा अटोमाथि रुख खस्दा एक जना घाइते

सिमराः बाराको कोल्हवी नगरपालिका अन्तर्गत तामागढी रोडमा शुक्रबार बिहान अटोमाथि रुख खस्दा एक जना घाइते भएका छन् ।
घाईते हुनेमा कोल्हवी नगरपालिका ३, जुअवाका सिकेन्द्र चौधरी रहेका छन् । प्रदेश २–०३–००१ ह १२८२ नम्बरको अटोमाथि अचानक रुख ढलेपछि दुर्घटना भएको हो ।
स्थानीयका अनुसार चौधरीलाई तत्काल उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ । उनको स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ ।
स्थानीय प्रशासनले घटनाको छानबिन सुरु गरेको जनाएको छ ।