कलैयामा लायन्स क्लबद्वारा बन्दी गृह र शौचालय पुनर्निर्माण


eShilalekh

४ जेष्ठ २०८२, आईतवार १७:४२

सिमरा: लायन्स क्लब अफ कलैयाले बारा जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको नयाँ बन्दी गृह र शौचालय पुनर्निर्माण गरी प्रहरी प्रशासनलाई हस्तान्तरण गरेको छ।

क्लबका अध्यक्ष प्रदीप कुमार साहको अध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी उपरीक्षक (एसपी) सुरेश तामाङ उपस्थित थिए। उनले नव–निर्मित संरचना ग्रहण गर्दै क्लबको सामाजिक उत्तरदायित्वप्रति प्रशंसा व्यक्त गरे।

करीब एक लाख रुपैयाँभन्दा बढीको लागतमा सम्पन्न भएको यस परियोजनाले प्रहरी कार्यालयको भौतिक पूर्वाधार सुदृढ गर्नुका साथै थुनुवा (बन्दी)हरूको न्यूनतम सुविधासम्म पहुँच पुर्‍याउने उद्देश्य राखेको लायन्स क्लबका पदाधिकारीहरूले जानकारी दिएका छन्।

समारोहमा क्लबका नव निर्वाचित अध्यक्ष सूर्यजीत सिंह, सचिव मुकेश गुप्ता, बृजकिशोर साह कलवार, दिलीप चौधरी, राजकुमार साह, लोकेन्द्र जयसवाल, श्याम खेतान, मनोज पोदार, इन्द्रजीत कुशवाहा, सुभाष जयसवाल, राजेश भण्डारीलगायत लायन्स क्लबका सदस्य, समाजसेवी तथा पत्रकारहरूको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्