निजगढबाट लागूऔषधसहित पाँच जना पक्राउ


eShilalekh

५ जेष्ठ २०८२, सोमबार १३:१५

सिमराः बाराको निजगढबाट आईतबार दिउँसो लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निजगढ १० चौकीटोलका अन्दाजी २८ वर्षीय प्रेम वाइबा, सोही ठाउँका अन्दाजी २२ वर्षीय धनबहादुर थिङ, ३० वर्षीय ज्ञानबहादुर घलान, बिच टोलका अन्दाजी २४ वर्षीय अमृत दुलाल र मकवानपुरको बकैया गाउँपालिका ६ भालु खोलाका अन्दाजी २५ वर्षीय बिजय योञ्जन रहेका छन् ।

प्रतिबन्धित लागूऔषध खरिद बिक्री भइरहेको विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजगढ ४ स्थित मोहोरी खोला नजिकबाट उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुको शरीर र झोला जाँच गर्दा प्रतिबन्धित लागूऔषध ट्रमाडोल– ५७ पत्ता, ५ पत्ता एन्टिकोफ ट्याब्लेट र ५ पत्ता डेभोक्सिन– १० पत्ता बरामद भएको छ ।

बरामद लागूऔषधसहित उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय निजगढमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्