पथलैया-वीरगन्ज रुटमा अब इभी सेवा

सिमराः पथलैया–वीरगन्ज रुटमा सोमबारदेखि इभी गाडीको सेवा सञ्चालनमा आएको छ । पुरानो नारायणी यातायात व्यवसायी संघले पथलैया–वीरगन्ज रुटमा इभी गाडीको सेवा ल्याएको हो ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले एक कार्यक्रमकाबीच इभी सेवाको सुरुवात गरेका थिए ।
यसअघि पथलैया–वीरगन्ज रुटमा सिटी बस, म्याजिक भ्यान संचालनमा रहेका थिए ।
