उपचारका लागि काठमाडौं जादै थिईन्, आकाशमै गुमाईन् ज्यान


eShilalekh

७ जेष्ठ २०८२, बुधबार १४:१८

सिमराः उपचारका लागि सिमराबाट हवाई मार्ग हुँदै काठमाडौं जाँदै गरेकी एक महिलाको मंगलबार साँझ विमानमै मृत्यु भएको छ । सिमरा विमानस्थलबाट बुद्ध एयरको जहाज चढेर काठमाडौं जाँदै गरेकी महिलाको विमानमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा रौतहट फतुवा बिजयपुर नगरपालिका ११ की ३९ वर्षीया राजुकुमारी चौधरी रहेकी छिन् । वीरगन्जस्थित अस्पतालबाट थप उपचारका लागि उनि काठमाडौं जाँदै थिईन् । उनलाई पति जंगबहादुर चौधरीले काठमाडौं लैजादै गरेका थिए ।

वीरगन्जको अस्पतालले रिफर गरेको कागजसहित विमानस्थल पुगेका थिए चौधरी दम्पती । बुद्ध एयर सिमराका कर्मचारीले आवश्यक कागजी प्रक्रिया पूरा गरी चौधरीलाई विमानमा पठाएका थिए ।

जहाज चढ्नुअघि चौधरी होसमै थिईन् । उनले विमान चढ्नुअघि फोटो समेत खिचाएकी थिईन् ।

काठमाडौं अवतरण गर्ने क्रममा उनि अचेत भएको बताइएको छ । उनलाई अवतरणलगत्तै अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव अहिले काठमाडौंमै छ ।

प्रतिक्रिया दिनुहोस्