पर्सामा चट्याङ लागेर एक किशोरको मृत्यु

सिमराः पर्सामा बुधबार बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका ३२ टेढाका १६ वर्षीय शिव शंकर माझी रहेको प्रहरीले जनाएको छ ।
घरमै सुतिरहेको बेला चट्याङ पर्दा उनी गम्भीर घाइते भएका थिए । घटनालगत्तै उठेर हिड्न खोजेका उनि ढलेका थिए । त्यसलगत्तै स्थानीयले चिकित्सकलाई बोलाएका थिए । चिकित्सकले उनलाई घटनास्थलमै मृत्यु भएको घोषणा गरेका थिए ।
शव पोष्टमार्टमकालागि वीरगन्जको नारायणी अस्पतालमा पठाईएकोे छ ।