परवानीपुरबाट मानसिक रूपमा अस्वस्थ एक पुरुषको उद्धार


eShilalekh

८ जेष्ठ २०८२, बिहीबार १२:०८

सिमराः मानसिक रूपमा अस्वस्थ देखिएका करिब ४० वर्षीय एक पुरुषलाई मानवसेवा आश्रम वीरगञ्जले परवानीपुर चोकबाट उद्धार गरेको छ। पीडित आफ्नो नाम, थर खुलाउन असमर्थ छन्।

उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, समाजसेवी प्रकाश थारु, स्थानीय बासिन्दाहरू तथा नेपाल प्रहरीको सक्रिय सहभागिता रहेको आश्रमले जानकारी दिएको छ।

उद्धारपछि ती पुरुषलाई आश्रममा लगेर नुहाइ–धुवाइ गरी शारीरिक सरसफाइ गरिएको छ। हाल उनी आश्रमसँग आबद्ध चिकित्सक डा. भरत कुमार गोइतको निगरानीमा आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार गराइरहेका छन्।

मानवसेवा आश्रम वीरगञ्जले पछिल्लो समय सडकमा आश्रयविहीन, असहाय तथा मानसिक रूपमा अस्वस्थ व्यक्तिहरूको उद्धार र पुनःस्थापना कार्यलाई प्राथमिकतामा राख्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्