एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को अध्यक्षमा अंसारी चयन


eShilalekh

९ जेष्ठ २०८२, शुक्रबार १७:२२

वीरगन्जः नेकपा एमाले निकट नेपाल निर्माण उद्योग परिषद् पर्साको प्रथम जिल्ला अधिवेशन शुक्रवार वीरगन्जमा सम्पन्न भएको छ । अधिवेशनले जले आलम अंसारीको अध्यक्षतामा उद्योग परिषद् पर्सा गठन गरेको छ ।

परिषद्को उपाध्यक्षमा वीरेन्द्र कुर्मी, सचिवमा भगवानप्रसाद कुर्मी र कोषाध्यक्ष सन्तोषकुमार गुप्ता रहेका छन् । यसैगरी सदस्यमा पन्नालाल राउत, सुरेशप्रसाद कुर्मी, विनोदकुमार यादव, चन्द्रशेखर यादवलगायत चयन भएका छन् ।

निर्वाचित अध्यक्षलाई एमाले जिल्ला कमिटी पर्साका सचिव महेश दासले सपथ ग्रहण गराएका थिए भने अध्यक्षले कार्यसमितिका पदाधिकारी र सदस्यलाई सपथ खुवाएका थिए ।

सचिव दासको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा परिषद्का केन्द्रीय अध्यक्ष बलिभद्र राना, महासचिव रामशरण देउवा, उपमहासचिव पुष्कर न्यौपाने, कार्यालय सचवि बालकृष्ण बुढाथोकी, जिल्ला अध्यक्ष सुरेश कुर्मीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्