स्रोत नखुलेको बाह्र लाख नगदसहित दुईजना पक्राउ

सिमराः पर्सा प्रहरीले स्रोत नखुलेको बाह्र लाख नगदसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला पर्सा पकहामैनपुर गाउँपालिका २ का २५ वर्षीय सुरेशकुमार वर्णवाल र भारत बिहार जिल्ला बेतिया बकुलहरका १९ वर्षीय सत्यम कुमार रहेका छन् ।
प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरी टोलिले वीरगन्ज महानगरपालिका २१ स्थित परवानीपुर चोकमा सवारी साधन जाँच गर्दा बाह्र लाख नगद बरामद गरेको हो ।
मधेश प्रदेश ०३–०२९ प ४९७४ नम्बरको मोटरसाईकल रोकेर जाँच गर्दा वर्णवालले भिरेको कालो रंगको झोलाभित्र लुकाई छिपाई राखिएको नेपाली एक हजार दरका नोट ७७१ थान र पाँच सय दरका नोट ८५८ थान गरी कुल बाह्र लाख नगद बरामद गरेको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक किशोर लम्सालले जनाएका छन् ।
नगदसहित पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ दफा १२५ को (क) बमोजिम कारवाही अघि बढाउने प्रवक्ता लम्सालले जानकारी दिए ।