रौतहटको कटहरियामा मृत भेटिईन् युवती, कुटपिट गरी हत्या गरिएको आशंका


eShilalekh

२१ जेष्ठ २०८२, बुधबार १४:२१

सिमराः रौतहटको कटहरिया नगरपालिका १ भसेरवामा एक युवतीको शव फेला परेको छ । मृत भेटिनेमा अल्का यादव रहेकी छिन् ।

अल्काको केही महिनाअघि मात्रै विवाह भएको थियो । विवाहपछि अल्का आफ्नो २६ वर्षीय श्रीमान् अंकेश यादवसंग भसेरवामा बस्दै आएकी थिइन् । घटनापछि अल्काका श्रीमान् फरार छन् । उनको ससुरालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले महिलाको शव शल्य परीक्षणका लागि पठाइएको जनाएको छ । शल्यपरीक्षण रिपोर्टपछि मात्रै महिलाको मृत्युको कारण खुल्ने प्रहरीको भनाई छ।

माइती पक्षले भने अल्काको कुटपिट गरी हत्या गरेको आशंका गरेको छ । उनिहरुले कुटपिटबाट अल्काको हत्या भएको हुनसक्ने भन्दै छानविनको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्