‘हाम्रो हरियाली अभियान’ छपकैया छठघाटमा रोपियो चार सय ५० विरुवा


eShilalekh

२२ जेष्ठ २०८२, बिहीबार १२:१०

वीरगन्जः विश्व वातावरण दिवसको अवसरमा बिहीबार छपकैयास्थित छठघाट क्षेत्रमा आँप, अमला, नीम, गुलमोहरलगायतका ‘हाम्रो हरियाली अभियान’ छपकैया छठघाटमा रोपियो चार सय ५० विरुवा बिरुवाहरू रोपिएको छ।

‘हाम्रो हरियाली अभियान’ अन्तर्गत दुई वर्षअघि बाँझो जमिनलाई हराभरा बगैंचामा रूपान्तरण गर्ने संकल्पका साथ सुरु गरिएको अभियानका क्रममा हालसम्म एक हजार भन्दा बढी विरुवा रोपिएको छ भने घेराबार लगाएर संरक्षण गर्ने काम भईरहेको छ ।

कार्यक्रममा मधेश प्रदेशसभा सदस्य रहबर अंसारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रामधेनी तिवारी विद्यालयका विद्यार्थी, छठघाट समिति अध्यक्ष रविन्द्र महतो, जिल्ला वन कार्यालय पर्साको टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्