पर्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त भीड नियन्त्रण अभ्यास सम्पन्न


eShilalekh

२३ जेष्ठ २०८२, शुक्रबार १५:३३

वीरगन्जः संभावित भीड तथा दंगाको प्रभावकारी नियन्त्रण र व्यवस्थापनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबीचको तीनदिने संयुक्त प्रशिक्षण अभ्यास पर्सामा सम्पन्न भएको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत इकाइमा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साका सुरक्षाकर्मीहरूको सहभागितामा अभ्यास आयोजना भएको थियो ।

प्रशिक्षणमार्फत सुरक्षाकर्मीहरूले आपतकालीन अवस्था, दंगा र भीड नियन्त्रणका रणनीति, समन्वय र संयमित कार्यशैलीमा केन्द्रीत अभ्यास गरेका थिए। संयुक्त अभ्यासले भीड तथा दंगा नियन्त्रणमा दुवै निकायबीच सहकार्य र तालमेल अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्