अमेरिका बस्ने बलराम श्रेष्ठले गरे लामालाई आर्थिक सहयोग

सिमराः जीतपुरसिमरा उपमहानगरपालिका नगौल घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका बलराम श्रेष्ठले नव जनजागृति भेट्रान क्लबका सदस्य नविन लामालाई आर्थिक सहयोग गरेका छन् ।
लामो समयदेखि मस्तिष्कसम्बन्धी समस्यामा रहेका लामालाई श्रेष्ठले १० हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले अमेरिकाबाट पठाएको उक्त रकम क्लबका सदस्यले घरमै पुगेर लामालाई हस्तान्तरण गरेका छन् ।
श्रेष्ठ नव जनजागृति भेट्रान क्लबका सदस्य हुन् । अमेरिका बसेर उनले सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आएका छन् ।