अनेरास्ववियुको निर्वाचनमा जीतपुरसिमराका यी दुई उम्मेदवार

सिमरा: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । जसका लागि बिहीबार बिहान ८ बजेदेखि मतदान गर्ने तयारी छ ।
यस महाधिवेशनमा मधेश प्रदेश भूगोलबाट बारा जीतपुरसिमरा उपमहानगरपालिकाका लक्ष्मी तिमल्सिना सचिवालय सदस्य (महिला) र सम्राट (सरोज) खनाल मधेश प्रदेश भूगोलबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बनेका छन् ।
तिमल्सिना जीतपुरसिमरा ३ र खनाल जीतपुरसिमरा १४ का हुन् । तिमिल्सिना एमाले नगर कमिटी सदस्य र खनाल एमाले नगर कमिटीको लेखा समिति संयोजक हुन् । तिमिल्सिना यसअघि अनेरास्ववियुको केन्द्रीय सदस्य थिइन् भने खनाल बारा अध्यक्ष हुन् ।
दुबैजना लामो समयदेखि विद्यार्थी राजनीति र संगठन निर्माणमा सक्रिय रहिआएका छन्। मधेशका बारा, पर्सालगायतका जिल्लामा संगठन विस्तार र युवा परिचालनमा उनीहरुले महत्वपूर्ण भूमिका खेलेका छन् ।
अनेरास्ववियुका आन्तरिक गतिविधि, प्रशिक्षण, विद्यार्थी आन्दोलन तथा सशक्तिकरण अभियानमा उनीहरु निरन्तर क्रियाशील छन् ।
युवाहरूमा लोकप्रिय रहेका तिमिल्सिना र खनालको उम्मेदवारीप्रति समर्थन बढिरहेको अनेरास्ववियुका नेताहरू बताउँछन् ।