गर्मीका कारण जीतपुरसिमरा भित्रका विद्यालयमा आज र भोलि बिदा


eShilalekh

२९ जेष्ठ २०८२, बिहीबार ०८:३५

सिमरा: बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै जीतपुरसिमरा उपमहानगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय दुई दिनका लागि बन्द गरिएका छन् ।

उपमहानगरपालिकाले सूचना जारी गर्दै आज (बिहीबार) र भोलि (शुक्रबार) दुई दिन बिदा दिने निर्णय गरेको हो। उक्त बिदा विद्यालयहरूको नियमित वर्षे विदाबाट कट्टा गरिने जनाइएको छ।

`विगत केही दिनदेखि बढ्दो गर्मीलाई ध्यान दिँदै बालबालिकाको स्वास्थ्यमा पर्ने सम्भावित प्रतिकुल असर रोक्न बिदा दिइएको छ।´ उपमहानगरपालिकाको सूचनामा भनिएको छ ।

निर्णय अनुसार उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक तथा निजी विद्यालयहरू बन्द रहनेछन् । तर केही निजि विद्यालयले भने बिहीबार पनि कक्षा संचालन गरिरहेका छन् ।

गर्मीका कारण यसअघि कलैया, निजगढले विद्यालयमा बिदा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्