रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु

वीरगन्जः वीरगन्जमा शुक्रबार बिहान रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा पर्साको छिपहरमाई गाँउपालिका ३ झलमहियाका २३ वर्षीय रामाकान्त यादव र २३ वर्षीय विजय यादव रहेका छन् ।
वीरगन्जको ड्राईपोर्ट सडकखण्डमा बिग्रिएर रोकिराखेको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकमा बागमती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा तीन जना घाइते भएका थिए । घाइतेमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका अर्का घाइते २२ वर्षीय विजयकुमार यादवको उपचार भईरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ ।