जिल्ला प्रशासन कार्यालय बारामा राष्ट्रिय परिचय पत्रको सेवा समय परिमार्जन

बाराः सेवाग्राहीको चाप घट्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले राष्ट्रिय परिचयपत्रको सेवा प्रवाहको समय परिमार्जन गरेको छ । कार्यालयले शुक्रबार सूचना जारी गर्दै असार १ गतेदेखि लागू हुने गरी नयाँ समय सार्वजनिक गरेको हो ।
कार्यालयले अब राष्ट्रिय परिचयपत्रको काम सार्वजनिक बिदा बाहेक प्रत्येक दिन बिहान १० बजेदेखि ५ बजेसम्म गर्नेछ । यसअघि कार्यालयले प्रत्येक दिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिँदै आएको थियो ।
यसैगरी यसअघि स्थगित गरिएको राष्ट्रिय परिचयपत्र कार्ड वितरण कार्य पनि पुनः सञ्चालनमा ल्याइएको पत्रमार्फत जानकारी गराईएको छ ।
