परवानीपुरमा झोल साबुन बनाउने तालिम सुरु


eShilalekh

२ असार २०८२, सोमबार २०:०९

सिमराः बाराको परवानीपुर गाउँपालिका ५ नौतनमा सोमबारदेखि झोल साबुन बनाउने तालिम शुभारम्भ भएको छ । परवानीपुर गाउँपालिकाकी उपाध्यक्ष सुगन्धी देवीले तालिमको शुभारम्भ गरेकी हुन् ।

कार्यक्रम वडा नम्बर ५ का वडाध्यक्ष रामेश्वर साहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा एमाले युवा नेता उमेश गुप्ता, वडासदस्य दारा पटेल, महेश साह, समाजसेवी ललित नारायण गुप्ता र निरज साहलगायतले सम्बोधन गरेका थिए ।

महिला उद्यमशीलता प्रवद्र्धन तथा आत्मनिर्भरता अभिवृद्धिका लागि आयोजना गरिएको तालिम उद्घाटन समारोहमा ५० जना भन्दा बढी महिलाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्