प्रसौनी गाउँपालिकाको १७औं गाउँसभा सम्पन्न, ४१ करोड एक लाखको बजेट प्रस्तुत


eShilalekh

३ असार २०८२, मंगलवार ०७:४८

सिमरा: बाराको प्रसौनी गाउँपालिकाको १७औं गाउँसभा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ४१ करोड एक लाख रुपैयाँको बजेट प्रस्तुत गरिएको छ ।

गाउँपालिका अध्यक्ष विनोद जयसवालले आगामी वर्षका लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । सभामा उपाध्यक्ष किरण देवीले बजेट पुस्तिका अध्यक्ष जयसवाललाई हस्तान्तरण गरेकी थिइन् ।

अध्यक्ष जयसवालद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्रमुख प्राथमिकता दिइएको छ । गाउँपालिकाले किसानहरूलाई प्रविधियुक्त कृषि प्रणालीमा लैजान विशेष कार्यक्रम ल्याउने बताइएको छ।

गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत श्यामकिशोर यादवसहित वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, सरोकारवालाको उपस्थिति रहेको थियो।

सभामा स्थानीय विकास, पूर्वाधार निर्माण, युवा तथा महिला सशक्तिकरण, सामाजिक सुरक्षा, वातावरण संरक्षणलगायत विषयमा पनि कार्यक्रम समेटिएको जानकारी दिइएको छ।

गाउँपालिका नेतृत्वले आगामी वर्ष विकास र सेवा प्रवाहमा जनअपेक्षा अनुरूप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्