धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु


eShilalekh

५ असार २०८२, बिहीबार १६:३१

धनुषाः धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिथिला नगरपालिका १ ढल्केबरका ५० वर्षीय मङ्गलीदेवी महतो रहेकी छन् ।

ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर महतोको घटनास्थलमा मृत्यु भएको हो ।

किसानले जङ्गली जनावरबाट तरकारी तथा अन्य बाली बचाउन विद्युतीय तार तानेर करेन्ट प्रवाह गरी बाली सुरक्षा गर्दै आएका छन् । सोही तार छोएपछि महतोलाई करेन्ट लागेको प्रहरीको भनाई छ ।

महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । घटना सम्बनधमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्