प्रसौनी गाउँपालिकाको सहयोगमा किसानहरूलाई कृषि सामग्री वितरण


eShilalekh

६ असार २०८२, शुक्रबार १९:४७

सिमराः बारा जिल्लाको प्रसौनी गाउँपालिका ६ बेलहियामा किसानहरूलाई विविध कृषि सामग्री वितरण गरिएको छ। प्रसौनी गाउँपालिकाको सहयोगमा तरकारी कार्यक्रम अन्तर्गत किसानहरूलाई कृषि सामग्री वितरण गरिएको हो।

प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जयसवालले ५० प्रतिशत अनुदानमा रिक्सा, मोटर, स्प्रेयर टंकी, प्राङ्गरिक मल, जाईम, फलवार चार्जर स्प्रेय, मुला, लौका, बोडीको बीउ, जिंक मल, मल्चिङ रोल, ईभी लोडर लगायतका सामग्री वितरण गरेका थिए ।

कार्यक्रममा सहभागी किसानहरूले यस्तो सहयोगले कृषि उत्पादनमा वृद्धि र आधुनिक प्रविधिको प्रयोगमा प्रोत्साहन हुने विश्वास व्यक्त गरेका छन्। गाउँपालिकाको सहयोगमा वितरण गरिएको सामग्रीप्रति किसानहरूले आभार प्रकट गर्दै पालिका अध्यक्ष जयसवाल र उपाध्यक्ष देवीलाई धन्यवाद व्यक्त गरेका थिए । गाउँपालिकाले आगामी दिनमा पनि कृषकलाई लक्षित गर्दै थप कार्यक्रम सञ्चालन गरिने जनाएको छ।

जनहित कृषक समूहका अध्यक्ष शिवनन्दन प्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष किरण देवी, प्रमुख प्रशासकीय अधिकृत श्यामकिशोर प्रसाद, कृषि शाखा प्रमुख सुनिल महतो, कृषि सहायक रुपनारायण महतो, स्थानीय युवा नेता उमेश कुशवाहा, समाजसेवी प्रदीप साहलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्