मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु


eShilalekh

६ असार २०८२, शुक्रबार २०:०२

सिरहाः सिरहा नगरपालिका १८ लक्ष्मीनियास्थित हुलाकी सडकखण्डमा शुक्रबार साँझ मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कल्याणपुर नगरपालिका २ बेल्हाका २६ वर्षीय प्रदीप मुखिया, कल्याणपुर १२ का २४ वर्षीय नरेश मुखिया र सिरहा नगरपालिका २ का ५५ वर्षीय कुसे राय रहेका छन् । घटनालगत्तै उनिहरुलाई अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको प्रदेश २–०१–००३प ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको साइकल ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना र साइकल चालकको ज्यान गएको सिरहा प्रहरीले जनाएको छ ।

दुर्घटनापछि तीनै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहमा राखएिको छ ।

प्रतिक्रिया दिनुहोस्