निजगढमा गाई भित्र्याउँदा लम्फी स्कीन रोगविरुद्धको खोप अनिवार्य


eShilalekh

७ असार २०८२, शनिबार ११:५३

निजगढ: गाईमा लाग्ने लम्फी स्कीन रोगको संक्रमण नियन्त्रणका लागि निजगढ नगरपालिकाले खोप अनिवार्य बनाएको छ। नगरपालिकाले सूचना जारी गर्दै निजगढ क्षेत्रमा गाई भित्र्याउँदा अनिवार्य रूपमा लम्फी स्कीन रोगविरुद्धको खोप लगाएको प्रमाणित गाई मात्र भित्र्याउन सबै पशुपालक कृषकलाई आग्रह गरेको छ।

नगरपालिकाले सूचनामार्फत लम्फी स्कीन रोग एक संक्रामक तथा जटिल रोग भएकाले समयमै खोप लगाउन र सावधानी अपनाउन आग्रह गरेको छ। प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर अर्यालद्वारा हस्ताक्षरित सूचनामा रोग फैलिन नदिन सबै सरोकारवाला निकाय, कृषक र व्यवसायीलाई सजगता र जिम्मेवारीपूर्वक कार्य गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्