रौतहटमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लागूऔषधसहित एक जना पक्राउ


eShilalekh

११ असार २०८२, बुधबार १५:३६

रौतहट: भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवैध लागूऔषधसहित रौतहट प्रहीले मंगलबार दिउँसो एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ४ का २७ वर्षीय अजय विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपालतर्फ आउँदै गरेको ना १ ह ७८९३ नम्बरको ईरिक्सालाई बीपी चोकमा रोकी जाँच गर्दा चालक विकलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् प्रहरी प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

विकले ईरिक्सामा राखी सेतो रंगको प्लास्टिकभित्र हर्लिक्स लेखिएको निलो रंगको कुटको डब्बामा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध फेनेरागन इन्जेक्सन ११० एम्पुल, बुप्रेनोर्फिन इन्जेक्सन ११० एम्पुल, सेरेज्याक डाइजेपाम इन्जेक्सन ६४ एम्पुल र डाइजेपाम इन्जेक्सन ४६ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले विक र उनको साथमा रहेको मोबाइल नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका विकलाई लागूऔषध मुद्दामा रौतहट जिल्ला अदालतबाट म्याद अनुमति लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्