गहवामाई रथ यात्राको पूर्वसन्ध्यामा वीरगन्जमा रक्तदान कार्यक्रम, ४२ जनाले गरे रगत दान

वीरगन्जः गहवामाई रथ यात्राको पूर्वसन्ध्यामा वीरगन्जमा बुधबार आयोजित रक्तदान कार्यक्रममा ४२ जनाले रगत दान गरेका छन् । गहवामाई तीर्थ क्षेत्र विकास समितिद्धारा आयोजित कार्यक्रममा चार महिलासहित ४२ जनाले रगत दान गरेका हुन् ।
कार्यक्रममा वन्दना शर्मा, आशा गुप्ता, काजल ठाकुर, सौम्या कुमारी अग्रहरी, श्यामप्रसाद गुप्ता, सुनिता गुप्ता, शम्भु साह, रविकुमार गुप्ता, अजय राउत, विवेककुमार सर्राफ, राजु गुप्ता, राहुल कुमार रौनियारलगायतले रगत दान गरेका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको थियो । गर्मीको समयमा रगतको माग बढ्दो अवस्थामा रहने हुँदा रथ यात्राको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको गहवामाई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्याम पोखरेलले जानकारी दिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, समाजसेवी प्रकाश उपाध्याय, राजन श्रीवास्तव, रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभ राज पाण्डे लगायतको उपस्थिति थियो ।
गहवामाई रथ यात्रा वीरगन्जको ऐतिहासिक धार्मिक सांस्कृतिक पर्व हो । जुन यस वर्ष असार १३ गते भव्य रूपमा मनाउने तयारी गरिएको छ ।