सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु


eShilalekh

१२ असार २०८२, बिहीबार १४:०८

सर्लाही: सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सर्लाहीको कबिलासी नगरपालिका ८ अगर्वाका २० वर्षीय सचिन साह (गुप्ता) रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सर्लाही लालबन्दी नगरपालिका ५ मेजरगंजस्थित भित्री सडक खण्डमा जब्दीबाट लालबन्दी तर्फ आउँदै गरेको ना२क ५०१ नम्बरको टिपरले बुधबार राति ८ बजेतिर युवकलाई ठक्कर दिएको थियो ।

उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लैजाँदा चिकित्सकले साहलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटना लगतै ठक्कर दिने टिपरमा स्थानीयले आगजनी गरेका थिए । आगजनीबाट टिपरको अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको छ । टिपर चालक भने फरार रहेका छन् ।

घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्