बेवारिसे बसको धनी खोज्दै कोल्हबी नगरपालिका

सिमराः कोल्हबी नगरपालिकाले वडा नम्बर ४ स्थित विष्णुपुरमा वेवारिसे अवस्थामा रहेको एक बसको सवारी धनी पहिचानका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । वर्षौदेखि सडकमा रोकेर राखिएको बसका कारण बाटो निर्माणमा समस्या भएपछि नगरपालिकाले सवारी धनी खोजेको हो ।
बाटो निर्माणमा अवरोध भएपछि क्रेनको सहायताले उक्त बसलाई नगरपालिकाको कार्यालय ल्याइएको जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुईटेलले ३५ दिनभित्र कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन् । उनले तोकिएको समयभित्र सवारी धनी सम्पर्कमा नआए कानुन बमोजिम हुने बताएका छन् ।






