रौतहटमा १० लाख रुपैयाँसहित एक युवक पक्राउ


eShilalekh

१२ असार २०८२, बिहीबार १९:४५

रौतहटः प्रहरीले रौतहटमा १० लाख भन्दा बढी रकमसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका १ ट्रान्सफर्मर चोक बस्ने ३० वर्षीय मोहम्मद करमान अली रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका अलीलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको भन्सार सुरक्षा गार्डको टोलीले नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेका अलीको मोटसाइकल जाँच गर्दा हेल्मेट र सिटमनी लुकाएर राखेको १० लाख चार हजार पाँच सय रुपैयाँ बरामद गरेको हो ।

अलीलाई नियन्त्रणमा राखेर अनुसन्धान थालिएको रौतहट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्