एसईईको नतिजा आज सार्वजनिक गर्ने बोर्डको तयारी


eShilalekh

१३ असार २०८२, शुक्रबार १५:४४

सिमराः माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज साँझ ६ बजेपछि प्रकाशन गर्ने तयारी गरेको एसईई परीक्षा बोर्डका परीक्षा नियन्त्रक गणेशप्रसाद भट्टराइले जनाएका छन् ।

यस वर्षको एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल चार लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्