संविधानसभा सदस्य यादवको निधन

कलैया: संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता रामअयोध्या प्रसाद यादवको ७२ वर्षको उमेरमा निधन भएको छ ।
बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात निवासी यादवको बुधबार बिहान वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । केही वर्षदेखि मधुमेहबाट पीडित यादवको अवस्था जटिल भएपछि अस्पताल भर्ना गरिएको थियो ।
२०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा यादव बारा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । यादव नेपाली कांग्रेस बाराका पूर्व जिल्ला सचिव तथा पार्टीको महासमिति सदस्य हुन् ।
स्व. यादवका दुई छोरा, दुई छोरी र श्रीमती छन्। पारिवारिक स्रोतका अनुसार उनको अन्त्येष्टि बुधबार दिउँसो १ बजे आफ्नै गाउँ कवहीमा गरिनेछ।