धनुषामा छुरा प्रहार गरी एक वृद्धको हत्या


eShilalekh

१८ असार २०८२, बुधबार १८:४०

धनुषाः धनुषामा आफ्नै ज्वाइँले छुरा प्रहार गरी मंगलबार बिहान ससुराको हत्या गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका १५ कुवारामपुरका ६५ वर्षीय वासुदेवप्रसाद विमलको हत्या गरिएको प्रहरीले जनाएको छ ।

विमललाई उनकै ज्वाइँ जनकपुरधाम २१ कुर्थाका ४८ वर्षीय बेचन महासेठले घरमै छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार जग्गासम्बन्धी घरायसी विवादका कारण बेचनले ससुरालाई घरमै छुरा प्रहार गरेका हुन् । ज्वाइँले पेटमा चक्कु प्रहार गरेपछि विमल गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्याइएको थियो । तर चिकित्सकले विमललाई मृत घोषणा गरेका थिए ।

घटनापश्चात् छुरा प्रहार गर्ने ज्वाइँ बेचन फरार छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्