जगदम्बा स्टील्सको भट्टी पड्कियो, कम्पनले बस्ती हल्लियो


eShilalekh

१९ असार २०८२, बिहीबार ०९:१९

सिमरा: बाराको सिमरास्थित जगदम्बा स्टील्स उद्योगमा बुधबार राती फलाम पगाल्ने भट्टी पड्किएको छ । उद्योगको ३० टन क्षमताको सिसिएम प्लान्टको भट्टी पड्किएको हो ।

भट्टी पड्किदा एक मजदुर घाइते भएका छन् । घाइते हुनेमा ३५ वर्षीय भारतीय नागरिक अजय बैठा रहेका छन् । घाइतेको वीरगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले भट्टी पड्किएर हालसम्म एक जना घाइते भएको भन्ने प्रारम्भिक जानकारी आएको र थप अनुसन्धान भइरहेको बताए ।

भट्टी विष्फोट हुँदा उद्योग वरपर रहेका बस्तीका घरहरु हल्लिएका थिए । भूकम्पको महसुस हुने गरि घर हल्लिन थालेपछी स्थानीय त्रसिद बनेका थिए ।

विष्फोटलगत्तै स्थानीय आक्रोशित भएका थिए । उद्योगमा पटकपटक भट्टी पड्किएको कारणले असुरक्षित महसुस गरेको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

जगदम्बा स्टील्स् उद्योगमा पटकपटक विष्फोटको घटना हुने गरेको छ । उद्योग प्रशासनले विष्फोटको घटनामा हुने मानवीय क्षतीको विवरण लुकाउने गरेको छ । उक्त उद्योगमा अधिकांश भारतीय मजदुर कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्