मानवीय क्षति छैन, भौतिक क्षति धेरैः जगदम्बा स्टील्स्


eShilalekh

१९ असार २०८२, बिहीबार १६:०७

सिमराः जगदम्बा स्टील्स् लिमिटेडले बुधवार राति कच्चा पदार्थ पगाल्ने भट्टी पड्किएर भएको घटनामा मानवीय क्षति नभएको जनाएको छ । उद्योगले बिहीवार दिउँसो विज्ञप्ति जारी गर्दै उक्त घटनामा मानवीय क्षति नभएको तर ठूलो मात्रा भौतिक क्षति भने भएको जनाएको छ ।

विष्फोटको घटनामा भारत बिहार समस्तीपुरका ३५ वर्षीय अजय बैठा घाईते भई एलएस न्यूरो अस्पतालमा उपचाररत रहेको र अन्य कुनै मानवीय क्षति नभएको उद्योगद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । विष्फोटका घटनाबाट ठूलो क्षति भएको भन्दै सामाजिक संजालमा आएका सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको र सत्यतथ्य बुझेर मात्रै सूचना तथा सम्प्रेषण गर्न आग्रह गरिएको छ ।

हेर्नुहोस विज्ञप्ति:

सम्बन्धित समाचारः

प्रतिक्रिया दिनुहोस्