बालविवाह विरुद्ध सचेतना अभिवृद्धिकालागी अन्तरक्रिया कार्यक्रम सम्पन्न


eShilalekh

२३ असार २०८२, सोमबार १७:२१

सिमराः जिल्ला प्रहरी कार्यालय बाराको प्राङगणमा सोमबार बालविवाह विरुद्ध सचेतना अभिवृद्धिकालागी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

‘हाम्रो प्रयास’ संस्थाको आयोजनामा बालविवाह विरुद्ध सचेतना अभिवृद्धिकालागी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सामुदायिक शाखाका प्रमुख प्रहरी निरीक्षक बलराम श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रशिक्षकको भूमिका प्रहरी बरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीले निर्वाह गरेका थिए ।

कार्यक्रममा बाराका विभिन्न मातहतबाट १५ जना प्रहरी कर्मचारी तथा जिल्लामा कार्यरत प्रहरी निरिक्षकसहित कुल ३० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्