जनकपुर–जयनगर रेलको ठक्करबाट एक जनाको मृत्यु

जनकपुरधामः जनकपुर–जयनगर रेलमार्गमा चल्ने रेलको ठक्करबाट धनुषामा एक जनाको मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका २ सिनरजोडाका ४५ वर्षीय बिनोद साहको रेलको ठक्करबाट ज्यान गएको हो ।
जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको रेलले धनुषा जिल्लाको औरही गाउँपालिका २ देउरी प्रवाहास्थित रेलको लिकमा साहलाई ठक्कर दिएको थियो । ठक्करबाट साहको घटनास्थलमै ज्यान गएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण बहादुर सिंहले जानकारी दिए ।
घटनापछि साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।