महम्मद समिर बने एमाले संसदीय दलको उपनेता


eShilalekh

२३ असार २०८२, सोमबार १९:०१

जनकपुरधामः मधेश प्रदेशसभा सदस्य महम्मद समिर नेकपा एमालेको संसदीय दलको उपनेता चयन भएका छन् ।

संसदीय दलका नेता एवम् भौतीक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले समिरलाई संसदीय दलको उपनेता नियुक्त गरेका हुन् । असार ६ गतेकै मितिमा उपनेता नियुक्त गरिएको भएपनि पत्र भने सोमबार मात्रै सार्वजनिक गरिएको हो ।

समिर बारा क्षेत्र नं. ३(२) बाट निर्वाचित मधेश प्रदेशसभा सदस्य हुन् । उनी नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्