रौतहटमा करेन्ट लागेर १४ वर्षीय किशोरको मृत्यु


eShilalekh

३१ असार २०८२, मंगलवार १९:१२

रौतहट: रौतहटको मौलापुरमा मंगलबार दिउँसो करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मौलापुर ८ सोनरनियाका १४ वर्षीय नरेन्द्र पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आफ्नै खेतमा धान रोपाइँ गर्दा विद्युतीय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर पटेल घाइते भएका थिए।

करेन्ट लागेर घाइते भएका पटेललाई मौलापुरस्थित शान्ति पोलिक्लिनिकमा लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्