मधेश प्रदेश प्रमुखद्वारा दुई महत्वपूर्ण विधेयक प्रमाणीकरण


eShilalekh

३२ असार २०८२, बुधबार १८:२६

जनकपुरधाम: मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सभाबाट पारित दुई महत्वपूर्ण विधेयक प्रमाणीकरण गरेकी छन्। नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम उनले ती विधेयकहरूमा प्रमाणीकरण गरेकी हुन्।

प्रमाणीकरण भएका विधेयकहरूमा ‘मधेश प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक’ तथा ‘आर्थिक वर्ष ०८२/८३ का लागि मधेश प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्चसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ रहेका छन्।

प्रतिक्रिया दिनुहोस्