पथलैयाबाट लागूऔषध गाँजासहित एक जना पक्राउ

सिमराः बारा प्रहरीले शुक्रबार बिहान ठुलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका ७ मलाही टोलका ३४ वर्षीय धर्मेन्द्र सहनी मलाहा रहेका छन् ।
प्रहरी चौकी पथलैयबाट खटिएको प्रहरी टोलिले नारायणघाटबाट वीरगन्जतर्फ आउँदै गरेको ना.८ ख ७३४६ नम्बरको बस रोकेर जाँच गर्दा १० किलो सात सय ७८ ग्राम अवैध लागूऔषध गाँजा बरामद भएको हो ।
प्रहरीका अनुसार उक्त बसमा सवार सहनीले बोकेको कालो झोलामा लुकाईछिपाई राखेको अवस्थामा गाँजा बरामद भएको हो।
पक्राउ परेका सहनीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।