तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

सिमराः प्रहरीले सिमराबाट तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले शनिबार दिउँसो उनिहरुलाई पक्राउ गरेको हो ।
उनिहरुको साथबाट प्रहरीले एक लाख ५४ हजार ६ सय ८० रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको छ ।