चितवनमा सडक दुर्घटना, वीरगन्ज निवासी अवतारको मृत्यु


eShilalekh

६ श्रावण २०८२, मंगलवार ११:३८

सिमराः चितवनको खैरहनीमा सवारीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ का ३१ वर्षीय राम अवतार रहेका छन् ।

खैरहनी नगरपालिका १ स्थित शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना३च ६६१० नम्बरको बोलेरोले पैदल हिँडिरहेका अवतारलाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार गम्भीर घाइते अवस्थामा रहेका उनलाई तत्कालै पुरानो मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न बोलेरो र त्यसका चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्